दुई पोस्टरमा यस्तो छ मनाङ्गे नानी !

बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र मनाङ्गे नानीले फस्र्ट लुक दुई ओटा पोस्टर रिलिज गरेको छ । पोस्टर रिलिज सँगै यो चलचित्रले प्रर्दशन मिति पनि तोकेको छ । अब यो चलचित्र बैशाख १४ गतेबाट प्रर्दशन हुने भएको छ ।
सुभेक्षा फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको लेखन तथा निर्देशन खुस बहादुरु गुरुङ्गले गरेका छन्, भने निर्माताहरुमा गौतम गुरुङ्ग,भिमराज गुरुङ्ग,टिका मायाँ गुरुङ्ग र कार्यकारी निर्माताहरुमा प्रकास गुरुङ्ग,मदन गुरुङ्ग,सुकराज गुरुङ्ग,तिलु गुरुङ्ग रहेका छन् ।
चलचित्रमा भिम गुरुङ्ग,शान्ती गुरुङ्ग,कुसल गुरुङ्ग,रिया गुरुङ्ग,जेनिशा गुरुङ्ग,खुसी गुरुङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।
निर्माण पक्षले बताए अनुसार यो चलचित्रको ७० प्रतिशत छायांकन तिलिचो तालको वरीपरी गरीएको छ ।


Powered by Blogger.