यसरी भैरहेको छ लिलिबिलि को देश दौडाह !

चैत्र ३० बाट अलनेपाल प्रर्दशन हुन लागेको चलचित्र लिलिबिलि ले प्रचार प्रसारलाई तिब्रता दिएको छ । यो चलचित्रको टिमले हिंजो नारायणघाटमा एउटा कन्र्सट गरेको छ । नारायणी नदीको किनारमा गरिएको उक्त कन्र्सटमा अभिनेता प्रदिप खड्काको क्रेज राम्रै देखीएको थियो । उनलाई घेर्ने तन्नेरी पुस्ताको भिडलाई कन्ट्रोल गर्न हम्मे हम्मे परेको थियो । चलचित्र प्रेम गितबाट वाहवाही पाएका खड्काले लिलिबिलिलाई आफ्नो ड्ब्यु चलचित्र भएको बताएका छन् । उनको यो अभिबेक्तीबाट सहजै मुल्यांकन गर्न सकिन्छ की लिलिबिलि उत्कृठ चलचित्र बनेको छ ।

बेलायत,स्कटल्यान्ड र टर्कीको स्थानबुलमा छायांकन गरीएको यो चलचित्रलाई यो वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरीएको छ ।
लिलिबिलिलाई मिलन चाम्सले निर्देशन गरेका छन्, भने निर्माताहरुमा मिलन चाम्स,गोविन्द शाही र सुदिप खड्का रहेका छन् । चलचित्रमा प्रदिप खड्का,प्रियंका कार्की,अनुप बिक्रम शाही,सविन श्रेष्ठ,धुर्व दत्त,मनिष श्रेष्ठ,रितेश चाम्स लगायत कलाकारले अभिनय गरेका छन् ।
आईतबार लिलिबिलि टिमले पोखरामा कन्र्सट गर्ने बताए पनि खराब मौसमको कारण यो टिम पोखरामा अवतरण गर्न नसकेपछि सोमबार चितवन पुगेर कन्र्सट गरेको थियो । चितवनको कन्र्सट सकेपछि यो टिम अब ईटहरी,धरान,दमक लगायतका स्थानहरुमा पुग्ने निर्माण पक्षले बताएको छ ।



Powered by Blogger.