तिन पोस्टरमा यस्तो छ लिलिबिलि !

यो वर्षको अन्तिम दिन चैत्र ३० गतेबाट प्रर्दशन हुन लागेको चलचित्र लिलिबिल ले एक साथ तिन पोस्टर रिलिज गरेको छ । रिलिज गरीएका तिनओटै पोस्टरमा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ्गलाई मात्रै प्रस्तुत गरिएको छ । बिगतमा रिलिज गरिएका गित र प्रोमोबाट चर्चा कमाएको यो चलचित्रले पोस्टर रिलिज गरेपछि थप चर्चा कमाएको छ ।
चाम्स ईन्टरटेन्मेन्ट,काफीया फिलिम्स र सुदिप खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा मिलन चाम्स,गोबिन्द शाही र सुदिप खड्का निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा प्रदिप र जसिताका अलावा अनुप बिक्रम शाही,प्रियंका कार्की,सविन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.