भिडियो बनाउनुस र जित्नुस पचास हजार सँगै आक्रषक पुरस्कार !

बैशाख २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र चलचित्र लम्फु ले कभर भिडियो डान्स प्रतियोगीता गर्ने भएको छ । पछिल्लो समय नेपाली चलचित्रहरुले प्रचार प्रसारको लागी यस्तो प्रतियोगीताहरु गराउँदै आएका छन् ।
प्रतियोगीहरुले यसै चलचित्रको सुक्को नहोस यार बोल रहेको गितमा डान्स गरेर भिडियो बनाउनु पर्ने छ, र त्यो भिडियोलाई हाईलाईट नेपालको ठेगानामा पठाउनु पर्ने छ ।
यसरी गरिएको प्रतिस्पर्धाबाट बिजेता हुनेले नगद रु. पचास हजार को साथमा अन्य अक्रर्षक पुरस्कार पनि जित्न सक्नेछन् ।
निर्माण पक्षका अनुसार भिडियोले पाएको भ्यु,भिडियो मेकीङ्ग र कोरीयोग्राफी को आधारमा निर्णायक पक्षले बैशाख ३१ गते बिजेता घोषणा गर्ने ।
लम्फुलाई पपुलर मल्टीमिडियाको ब्यानरमा शक्ति बल्लब घोरासैनीले निर्माण गरेका हुन्, भने गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा सलोन बस्नेत,मरिस्का पोख्रेल,कुसुम श्रेष्ठ तरकारीवाली,कविर खड्का,चाँदनी शर्मा,कुसाग्र भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.