यस्तो छ लम्फुको दोश्रो गित (भिडियो सहित)

बैशाख २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र लम्फु ले आज दोश्रो गितको भिडियो रिलिज गरेको छ । दोधारमा परेँ बोल रहेको गितलाई नरेश भट्टराईले लेखेका हुन्, भने अर्जुन पोख्रेलको संगीत र दुर्गा खरेलको स्वर रहेको छ ।
यस गितको भिडियोमा कबिर खड्का र मरिस्का पोख्रेलले अभिनय गरेका छन् । पपुलर मल्टीमीडीयाको ब्यानरमा शक्ति बल्लब घोरासैनी निर्माता रहेको यो चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् । रिलिज गरिएको गितको भिडियोको कोरीयोग्राफी शिव बिकले गरेका छन् । लम्फुमा भुपतिको लेखन,दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ, भने सलोन बस्नेत,मरिस्का पोख्रेल,कबिर खड्का,कुसुम श्रेष्ठ (तरकावाली) सञ्जित भण्डारी,कुशाग्र भट्टराई,आम गुरुङ्ग,अजित लामिछाने,कुशल गुरुङ्ग,ओम गुरुङ्ग,सन्तोष कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.