सम्भु प्रधानको हैसीयत एघार लाखको मात्रै रहेछ - भुवन केसी

पछिल्लो केही दिन यता नेपाली सिनेबजारलाई तताएको विषय हो करिब ३ दशक पुरानो चलचित्र सम्झनामा समावेस गरिएको उकालीमा पछि पछि बोल रहेको गित कपि गरेर चलचित्र क्रृ मा हालीएको ।

चलचित्र क्रृ मा यो गित पुरै नभएर यसको केही अंस मात्रै राखीएको छ । तर यहि कुराले गर्दा क्रृ का निर्माता सुवास गिरिलाई करिब १२ घण्टा प्रहरी हिरासतमा बस्नु परेको छ ।

आफुलाई पुरानो चलचित्र सम्झनाको निर्माता तथा निर्देशक र उक्त गितको मालिक बताउने सम्भु प्रधानले प्रतिलिपि अधिकार हनन भएको भन्दै प्रहरीमा उजुरी गरेपछि क्रृ का निर्माता सुवास गिरिलाई आपसी छलफलको लागी बोलाएर अपहरणको शैलीमा प्रहरी हिरासतमा राखेको निर्माता गिरिले बताएका छन् ।
चलचित्र सम्झना कानुनी रुपमा नेपालमा दर्ता नै नभएको पनि बुझिएको छ ।

प्रतिलिपि ऐन अनुसार यदि गित चोरीएको प्रमाणीत भएमा चलचित्रको निर्मातालाई नभएर गितकार वा संगीतकारले त्यसको सजाय भोग्नु पर्ने हुन्छ, मैले अल्मोडा जि सँग किनेको हुँ, उहाँले कहाँबाट कसरी ल्याएर मलाई बेच्नु भयो त्यो उहाँको कुरा हो, मलाई अपहरणको शैलीमा कस्टडीमा हालेर म बाट जर्बजस्ती एघार लाख असुल उपर गरीयो, म माथी अन्याय भयो - निर्माता गिरिले आज गरेको पत्रकार सम्मेलनमा भने । उनले बताए अनुसार त्यो गित मेरो हो भन्नको लागी सम्भु प्रधान सँग कुनै कानुनी प्रमाण पनि छैन, प्रधानले प्रहरी प्रशासनको पावर लगाएर बिना आधान आफु बिरुद्ध उजुरु गरेर पैसा असुलेका छन् ।

उक्त पत्रकार सम्मेलनमा केही ढिला उपस्थित भएका क्रृ का अर्का निर्माता भुवन केसीले पनि भावुक हुँदै भने -  सम्भु प्रधानलाई नेपालमा ल्याउने मान्छे मै हुँ, उहाको चलचित्र सम्झनामा मैले नै काम गरेको हुँ, म आफैले खेलेको गितको एक लाईन मैले आफ्नै चलचित्रमा हाल्दा के अपराध भयो ? सम्भुलाई मेरो चलचित्र सपनामा निर्देशन गर्न दिएर नेपालमा स्थापीत निर्देशक बन्न मैले नै सहयोग गरे, तर यो केशमा उहाँले म सँग कुरै गर्न चाहनु भएन, सुवासलाई मात्रै मानसीक तनाव दिनु भयो र एघार लाख असुल गर्नु भयो, उहाँको औकात एघार लाखको मात्रै रहेछ, यत्रो वर्ष पछि आज बल्ल मैले थाहा पाए ।

केसीले प्रधानको नियत पैसा असुल्ने मात्रै भएको बताए, उनले अगाडी भने म र संगीतकार विरुद्ध उजुरी गरेको भए उहाँले पैसा पाउने अवस्था थिएन त्यसैले उहाँले सुवासलाई मात्रै बिपक्षी बनाएर उजुरी गरेको बताए ।
बाँकी हेर्नुस भिडियोमा जस्ताको तेस्तै


Powered by Blogger.