मोफसल प्रचार प्रसारमा चलचित्र गाजा बाजा !

करिब एक डेढ वर्ष सम्म अदालती मुद्धा मामिलामा फसेको चलचित्र गाँजा बाजाले अन्ततः प्रर्दशन गर्न पाउने भएको छ । चलचित्रको नाम लागु औषध सँग जोडीएकाले चलचित्र बिकास बोर्डले यो चलचित्रलाई प्रर्दशन गर्न रोक लगाएको थियो । तत्कालीन समयमा बोर्डले निर्माण पक्षलाई यो चलचित्रको नाम लागु औषध सँग जोडीएकाले चलचित्रको नाम गाँजा बाजा बाट गाजा बाजा बनाउन आग्रह गरेको थियो । तर निर्माण पक्ष भने गाँजा बाजा नै नाम राख्न पाउनु पर्ने अडानका साथ अदालत पुगेको थियो । अन्नतः अदालतले पनि गाँजा बाजा नाम राख्न नपाउने फैसला गरेपछि निर्माण पक्षले चलचित्रको नाम गाजा बाजा बनाएर प्रर्दशन गर्न लागेको हो ।
मुद्धा टुंगो लागेपछि निर्माण पक्ष अहिले चलचित्र प्रर्दशनको तयारीमा जुटेको छ । गाजा बाजा अब फागुन २५ बाट देशब्यापी प्रर्दशन हुने छ । निर्माण पक्ष अहिले चलचित्र प्रचार प्रसारको लागी राजधानी बाहीरका शहरहरुमा पुगेको छ ।
गणेशदेव पाण्डे द्धारा निर्देशीत यो चलचित्रमा अनुपम शर्मा,सुशील सिटौला,रविन थापा,उद्धब भट्टराई,वर्षा सिवाकोटी,अम्बर सुबेदी,रक्षा श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई टुका ईन्टरटेन्मेन्ट र डिआर फिलिम्सको ब्यानरमा दिपेन्द्र रेग्मी र गोमा विष्टले निर्माण गरेका हुन् । 


Powered by Blogger.