पत्रकारहरुले रुचाए गाजा बाजा !

सुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र गाजा बाजा युनिटले शनिबार पत्रकारहरुलाई चलचित्र देखाएको छ । उक्त प्रेस शो मा पत्रकारहरुले चलचित्र मन पराएका छन् । यो चलचित्रले बक्सअफिसमा पनि सन्तोष जनक ब्यापार गरेको छ । चलचित्र हेरीसकेपछि पत्रकारहरुले गाजा बाजाले हेरुन्जेल दर्शकलाई भरपुर मनोरञ्जन दिने प्रतिकृया दिएका छन् । गणेशदेव पाण्डेको निर्देशनमा बनेको चलचित्र गाजा बाजालाई टुका ईन्टरटेन्मेट र डिआर फिलिम्सको ब्यानरमा दिपेन्द्र रेग्मी र गोमा बिष्टले निर्माण गरेका हुन् ।
चलचित्रमा अनुपम शर्मा,सुशिल सिटौला,वर्षा सिवाकोटी,रविन थापा,उद्धब भट्टराई,अम्बर सुबेदी लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.