सम्पन्न भयो फान अर्वाड २०७३ !

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतीथ्यमा दोश्रो फान अर्वाड सम्पन्न भएको छ । अर्वाड समारोहमा ओली सँगै सुचना तथा संचार राज्यमन्त्री र पुर्व सभामुख समेत उपस्थित भएका थिए ।

नेपाल चलचित्र कलाकार संघको महासचिव सरिता लामिछानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा लाईफटाईम अचिभ्मेन्ट अवार्डबाट बरिस्ट चलचित्रकर्मी निर बिक्रम शाहलाई सम्मान गरीएको थियो, भने नवस्टारको सम्मान अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी शाहलाई गरीएको थियो । त्यसै गरी चलचित्र पत्रकारीतामा विषेश योगदान गरेवाफत पत्रकार द्धय लक्ष्मण सुबेदी र धुब्र लम्साललाई सम्मान गरीयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि ओलीले आफ्नो राजकीय भ्रमणमा अब देखी एक जना चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्ने चलचित्रकर्मीको पनि सहभागीता हुने बताएका छन् ।


बिभिन्न २४ बिधामा बितरण गरीएको फान अवार्ड २०७३ जित्न सफल हुनेहरु यस प्रकार रहेका छन् ।
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गेरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा


Powered by Blogger.