शम्भुजीत बासकोटालाई लाग्यो चौका दाउ !

बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र चौका दाउ निर्माण गर्ने घोषणा गरिएको छ । बरिष्ठ संगीतकार सम्भुजीत बाँसकोटाले आफ्नो जन्मदिनको अवसर पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । सम्भुजीत बाँसकोटाका छोरा सौर्यजीत बाँसकोटा र मनोजराज भण्डारी निर्माता रहने यो चलचित्रमा कथा र संगीत सम्भुजीत बाँसकोटाको रहने छ ।
२०७५ सालको बैशाख महिनाबाट छायांकन सुरु गरिने चौका दाउलाई आगामी तिहारमा रिलिज गरीने बताईएको छ ।
चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । निर्माण घोषणा कार्यक्रममा यो चलचित्रलाई हाँस्यप्रधान प्रेमकथामा बन्ने बताईएको छ ।
विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह यो चलचित्रको लागी चयन भैसकेका कालाकाहरु हुन भने अन्य कलाकार छनोट हुन बाँकी रहेको बताईएको छ । त्यसै गरी निर्मल शर्मा, रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा देखीने छन् । 
चौका दाउमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत रहने छ ।

Powered by Blogger.