बेलायतमा हुँदैछ, रुम्जाटार गुम्बा च्यारेटी नाईट !

मार्च १७ तारीखमा बेलायतको हाईस्ट्रीट एल्डसर्ट ह्याम्पसायरमा रुम्जाटार गुम्बा च्यारेटी नाईट हुने भएको छ । यो कार्यक्रमको आयोजना बेलायतको थर्ड आई कम्पनीले गर्न लागेको हो । बिगतमा बक्स अफिस फिल्म अर्वाड गरीसकेको यस कम्पनीले गर्ने यो  कार्यक्रमको लागी बुधबार नौं जना नेपाली कलाकारहरु बेलायत उड्दै छन् ।
यस कार्यक्रमका संयोजक बिकास देवकोटाका अनुसार कार्यक्रमबाट संकलन भएको रकम पर्यटकीय स्थल रुम्जारमा गुम्बा निर्माणको लागी खर्च गरिने छ । यो कार्यक्रमलाई सफल बनाउनको लागी  बेलायत बस्ने अधिकांस नेपालीहरुको सहयोग रहेको अर्का संयोजक विष्णु गुरुङ्गले बताए । 
उक्त कार्यक्रमको लागी गायक,गायीकाहरु आनन्द कार्की,मीरा राणा,सुक्मित लोप्चा गुरुङ्ग,मिना निरौला,मौसमी गुरुङ्ग,हास्य कलाकार रवि डंगोल,मोडल तथा अभिनेत्री नम्रता योगी,सरु थपा लगायत कलाकारले कार्यक्रममा आ आफ्नो प्रस्तुती दिनेछन् ।

Powered by Blogger.