बोबी को टिजर रिलिज हेर्नुस (भिडियो सहित)

प्रर्दशन मिति नतोकीसकेको चलचित्र बोबी को टिजर रिलिज भएको छ । चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आर्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
सत्यकथामा निर्माण भएको यो चलचित्रमा उमेश थापा र कबिता गुरुङ्गले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा उमेश र कबिताका अलावा विजय लामा,रुबि राणा,रस्मी भट्ट,देशभक्त खनाल,बादल भट्ट,शुरबिर पण्डीत, रवि गिरि,पुर्णीमा लामा,शिशिर राणा लगायत कलाकारले पनि अभिनय गरेका छन् ।
बोबी मा नरेश भट्टराईको लेखन,नवराजकृष्ण थापाको छायांकन,अर्जुन जिसिको सम्पादन र ताराप्रकास लिम्बुको संगित रहेको छ ।


Powered by Blogger.