यि हुन बलत्कार देखी कुटपीटको आरोपमा जेल पुग्ने भारतीय गायकहरु !

हालै मात्र पटियाला अदालतले पंजाबी गायक दलेर मेहंदीलाई २००३ मा मानव तस्कर गरेको अभियोगमा दोषी ठहर गर्दै २ वर्षको जेल सजायको फैसला गर्यो । तर जेल गएको २० मिनेट बित्न नपाउँदै उनले जमानत पाए र जेलबाट मुक्त भए । त्यसो त भारतीय गायकहरु जेल गएको यो पहिलो घटना भने होईन । यस्ता धेरै भारतीय गायकहरु छन्, जो कुटपीट,रक्सी,बलत्कार जस्ता जघन्य अपराधमा दोषी ठहरीयर जेलको हावा खान पुगेका छन् ।
चर्चित भारतीय गायक मिका शिंहलाई पनि प्रहरीले गिरफ्तार गरिसकेको छ । उनले नयाँ दिल्लीमा एक जना आफ्नै फ्यानलाई नशाको सुरमा कुटपिट गरेका थिए । त्यसो त उनि लागु औषधको कारणले पनि धेरै पटक प्रहरीको निग्रानीमा परिसकेका छन् ।

पहिलो ईण्डीयन आईडलकी प्रतिस्पर्धी तथा गायीका प्रजक्ता शुक्रे पनि रक्सी खायर गाडी चलायको र सडकमा हिंडीरहेका २ जना सर्वसाधारणलाई घाईते बनायको आरोपमा प्रहरीले गिरफ्ता गरिसकेको छ । उक्त समयमा उनि सँग गाडीमा गायक अभिजित सावंत पनि थिए ।
 चलचित्र आशिकी २ को गित गायपछि एका एक चर्चामा आयका गायक अंकित तिवारीले पनि केही समय जेलको हावा खाएका थिए । उनलाई उनको आफ्नै प्रेमीकाले बलात्कार गरेको आरोप लगाय पछि प्रहरीले गिरफ्तार गरेको थियो ।
त्यस्तै अर्का भारतीय गायक अदनान सामी लाई पनि घरेलु हिंशा गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरिसकेको छ । उनलाई आफ्नै पहिलो पत्नीले घरेलु हिंशा गरेको अभियोग लगायकी थिईन् ।
अर्का चर्चित गायक राहत फतेह अलि खानले पनि जेलको अनुभव लिईसकेका छन् । उनलाई प्रहरीले कानुन बिपरीत धेरै बिदेशी मुद्र राखेको आरोपमा २०११ म गिरफ्तार गरेको थियो । उनको घरबाट प्रहरीले २४ हजार डलर बरामद गरेको थियो ।

एउटी महिलालाई अपशब्द प्रयोग गरेर ट्वीट गरेको अभियोगमा केही समय पहिले चर्चित गायक अभिजितलाई पनि प्रहरीले गिरफ्तार गरिसकेको थियो ।
बाध्यबादक तथा संगीतकार विशाल ददलानी पनि एक जना संत को नग्नता माथी गलत अभिब्यक्ती दिएको आरोपमा २०१६ मा प्रहरीको गिरफ्तारीमा परिसकेका छन् ।
चर्चित गायक उदित नारायणका पुत्र गायक आदित्य नारायाणलाई पनि केही दिन पहिले मात्रै मुम्बईको अंधेरीमा गाडीले एउटा अटोलाई ठक्कर दिएको अभियोगमा प्रहरीले गिरफ्तार गरेको थियो ।
त्यस्तै अर्का गायक जुवीन गर्गलाई २०१७ मा सार्वजनीक स्थानमा एक नावालीग बच्चीलाई थप्पड हानेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको थियो र उनलाई अदालतले ६ महिना जेल सजाय सुनायको थियो ।

Powered by Blogger.