१० वर्ष पछि उर्मिलाको आईटम गित मार्फत कमब्याक !

९० को दशकमा बलिउडमा तहल्का मच्चाउन सफल भएकी अभिनेत्री उर्मिला मातोडकर करिब १० वर्ष पनि फेरी ठुलो पर्दामा कमब्याक हुने भएकी छिन् । भारतीय संचार माध्यमहरुका अनुसार उनि ईरफन खानको फिल्म ब्ल्याक मेल को एउटा आईटम गित मार्फत कमब्याक हुने भएकी हुन् । यो गित २३ मार्चमा रिलिज हुने भएको छ । अमिताभ भट्टाचार्यको शब्द, अमित त्रिदेवीको संगीतमा तयार भएको बेवफा ब्युटी बोल रहेको यस गितमा पावनी पाण्डेको स्वर रहेको छ ।
ब्ल्याक मेलमा ईफानका अलावा कृती कुल्हारी,दिब्या दत्त,अरुणेदय शिंह, ओमी बैद्ये लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.