सलमान खानको पुर्व ज्वाँईको यमि गौतम सँग ब्रेकअप भएपछि !

बलिउड अभिनेता सलमान खानको बहिनी स्वेता रोहीराको पुर्व पति पुलकीत सम्राटले जुन अभिनेत्रीको लागी सलमानको बहिनीलाई छोडेका थिए, अहिले उहि अभिनेत्रीले तुलकीतलाई छोडेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।
हामी कुरा गर्दै छौं अभिनेत्री यमी गौतमको । समाचारका अनुसार पुलकीतले यमीकै कारणले गर्दा श्रीमती स्वेतालाई डिर्भोस दिएका थिए । लामो समय देखी प्रेम सम्बन्धमा रहेका यमी र पुलकीतको ब्रेकअपको समाचारले अहिले बलिउडलाई निकै तताएको छ । यसै क्रममा पुलकीतले एक टेलीभिजन अन्र्तवार्तामा आफु अहिले सम्म सिंगल रहेको बताएका छन् । यति मात्रै नभएर अहिले यि दुईले सोसल मिडियामा पनि एक अर्कालाई अनफलो गरेका छन् । यि दुई बिच ब्रेकअप हुनुको कारण अहिले सम्म बाहीर नआएपनि, भारतीय संचार माध्यमहरुले भने यमिको परिवारले पुलकीत सँगको सम्बन्ध नरुचाएको कारणले ब्रेकअप भएको उल्लेख गरेका छन् ।

Powered by Blogger.