(हरी) मा फरक अवतारमा देखीए विपिन कार्की !

विपिन कार्की अभिनीत चलचित्र हरी को ट्रेलर रिलिज गरीएको छ । सिनेमा हलमा रिलिज गरीएको केही दिन पछि मात्रै निर्माण पक्षले यो ट्रेलरलाई युटुबमा रिलिज गरेको हो ।
जेठ ४ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रलाई सफल केसी र प्रतिक गुरुङ्गले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा विपिनका अलावा कमलमणी नेपाल,थिन्ले ल्याम्हो,सुनिता श्रेष्ठ ठाकुर,लक्ष्मी बर्देवा,लोकनाथ आचार्य,रामभजन कामत,प्रकास गन्र्दभ,सुनिता बजगाँई लगायत कलाकारले अभिनय गरेका छन् ।





Powered by Blogger.