बन्दै छ चलचित्र भिमशेन !

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र भिमशेन निर्माण गर्ने घोषणा गरिएको छ । युवी फिलिम्स ग्यालरीको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् ।
चलचित्रमा लभ,कमेडी, एक्सन सबैको मिश्रण हुने भएकाले दर्शकको मन जित्ने कुरामा निर्देशक कटुवालले आफु ढुक्क रहेको बताएका छन् । मुख्य अभिनेता र अभिनेत्री छनोट गर्न बाँकी रहेको भए पनि अन्य कलाकारहरु भने सबै नयाँ नै रहेका छन् ।
कला राई निर्माता रहेको भिमशेन मा यादव देवकोटा,कोनीका घिमिरे,राजु कमेडी,संगित बाँनीया,राजन मर्हजन लगायत कलाकारले अभिनय गर्ने छन् ।
चलचित्रमा राजन ढुंगेलको कथा,पुस्कर सुनुवारको संगित,पवन गौतमको छायांकन,अनिल मर्हजनको सम्पादन र राजु किँरातीको द्धन्द रहने छ ।
शुर्भमुर्हत कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी र नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थले शुभकामना दिएका थिए ।


Powered by Blogger.