चलचित्र भैरे को पहिलो गित रिलिज हेर्नुस (भिडियो सहित)

चलचित्र भैरेले सुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि पहिलो गित सान्नानीलाई भेट्न आउँदा रिलिज गरेको छ । बसन्त सापकोटाको शब्द तथा सँगितमा तयार भएको यस गितमा यम बराल,मेलीना राई र बसन्त सापकोटा स्वर रहेको छ । जेठ १८ गतेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रलाई एभ्रेष्ट सुर्य बोहोराले निर्देशन गरेका छन् ।
रिलिज गरिएको गितको भिडियोमा पुरुशोत्तम प्रधानको छायांकन,कविराज गहतराजको कोरीयोग्राफी,बनिश शाहको सम्पादन रहेको छ भने बुद्धि तामाङ्ग,बिक्रान्त बस्नेत र वर्ष सिवाकोटीले नृत्य गरेका छन् ।
नेपालय फिलिम्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई प्रेम प्रसाद पौडेल,देवी मायाँ अधिकारी र लेखबहादुर पुनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Powered by Blogger.