यस कारण अर्वाड समारोहमा जाँदैनन्, अमिर खान !

बलिउडका चलचित्रकर्मीहरु अर्वाड समारोहलाई विषेश महत्वका साथ हेर्ने गर्दछन् । त्यसो त अर्वाड भन्ने बित्तिकै विश्वका कुनै पनि चलचित्रकर्मीहरुको कान ठाडो हुने गर्दछ । अवार्ड कार्यक्रममा उपस्थित भएर सम्पुर्ण मिडियाको ध्यान आफु तिर खिच्नको लागी नै चलचित्रकर्मीहरु तछाड मछाड गरेको देख्न पाईन्छ ।
तर बलिउड अभिनेता अमिर खान भने कुनै पनि अर्वाड समारोहमा उपस्थित हुने गरेको पाईएको छैन् । बेला बेला अमिर अर्वाड समारोहमा उस्थित नहुने कुरालाई  भारतीय मिडियाहरुले बहसकै विषय बनाउने गरेका छन् । अमिर के कारणले गर्दा अवार्ड समारोहमा उपस्थित नहुने गर्दछन्, ? भन्ने कुराको हालै मात्र भारतीय मिडियाहरुले खुलासा गरेका छन् ।
कुरा १९९२ को हो, जतिबेला एउटा अर्वाड समारोहमा अमिर खान (जो जिता वोही सिकन्दर) अनिल कपुर (बेटा) र अमिताभ बच्चन (खुदा गवाह) बाट नोमिनेसनमा परेका थिए । अमिर उत्कृष्ठ अभिनेताको अर्वाड आफुले पाउने कुरामा ढुक्क थिए । तर उक्त अर्वाड अनिल कपुरले पाए पछि अमिरलाई अर्वाड समारोह प्रति बितिस्र्णा भएर अर्वाड समारोहमा उपस्थित हुन छोडेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
तर गत वर्षको अप्रिल महीनामा भएको एक अर्वाड समारोहमा भने अमिर उपस्थित भएका थिए । अमिरको उपस्थिती देखेर त्यहाँ भएका सम्पुर्ण चलचित्रकर्मीहरु निकै अचम्ममा परेका थिए । अमिर उक्त अर्वाड समारोहमा किन र कसरी उपस्थित भए भन्ने कुरा बुझ्दै जाँदा उनि गायीका लता मंगेसकरको कुरा काट्न नसकेर उपस्थित भएको पत्ता लागेको थियो ।

Powered by Blogger.