मुकेश अम्बानी १००० करोड लगानी गरेर सह निर्माता !

बलिउड अभिनेता अमिर खानको आगामी प्रोजेक्ट फिल्म महाभारत मा मुकेश अम्बानीले १००० करोड लगानी गर्ने भएका छन् । यो कुराको खुलासा भारतीय संचार माध्यमहरुले गरेका छन् । हाल ठग्स अफ हिन्दुस्थान को छायांकनमा ब्यस्त रहेका खान यो फिल्मको छायांकन सकीए लगत्तै महाभारतको काममा ब्यस्त रहने बताईएको छ ।
हाल ईरोज ईन्टरटेन्मेन्ट र एकता कपुरको बालाजी फिलिम्समा लगानी गरिरहेका अम्बानी १००० करोड लगानी गरेर महाभारतमा सह निर्माताको हैसीयतमा रहने छन् ।
फिल्म महाभारतलाई पाँचौं संस्करण सम्म निर्माण गरीने बताईएको छ, भने यसको निर्देशनको जिम्मा सीक्रेट सुपरस्टार का निर्देशक अद्वैत चंदन ले पाएका छन् ।
यो फिल्ममा अमिरले भगवान कृष्णको रोलमा अभिनय गर्ने छन्, भने यसको लागी उनले अहिले देखीनै कृष्णको विषयमा अध्यन गर्न थालेका छन् ।
भारतीय संचार माध्यमहरुका अनुसार अहिले यो चलचित्रको प्रि प्रोडक्सनको काम सुरु भैसकेको छ ।

Powered by Blogger.