बलिउड अभिनेत्री आलीया भट्ट घाईते !

बलिउड अभिनेत्री आलिया भट्ट घाईते भएकी छिन् । हाल बुल्गेरीयामा धमाधम छायांकन भैरहेको चलचित्र ब्रह्मास्त्र छायांकनको क्रममा उनि घोडाबाट लडेर घाईते भएको समाचार भारतीय संचार माध्यमहरुले लेखेका छन् । समाचारका अनुसार एउटा एक्सन दृश्यको छायांकन गर्दा उनि घोडाबाट लडेकी थिईन् ।
तत्कालै उनलाई निर्माण पक्षले अस्पताल लगेको थियो । अहिले भट्ट डक्टरको सल्लाह बमोजीम केही दिन बुल्गेरीयामै बेड रेस्ट गरिरहेकी छिन् ।
१०० करोड लगानीमा निर्माता तथा निर्देशक करण जौहार निर्माता रहेको यो चलचित्रलाई आयान मुर्खजीले निर्देशन गरिरहेका छन् ।
२०१९ मा प्रर्दशन गर्ने तयारीका साथ धमाधम छायांकन गरिरहेको यो चलचित्रमा आलियाका अलावा अमिताभ बच्चन र रणवीर कपुरले पनि मुख्य भुमिकामा अभिनय गरीरहेका छन् ।

Powered by Blogger.