(ओ मेघा सिनेस्टार) बिजेताले प्राप्त गर्नेछन् एक करोड बराबरको उपहार !

पछिल्लो समय नेपाली टेलिभिजनहरुले पनि रियालिटि शो लाई महत्व दिंदै आईरहेका छन् । हुन त टेलीभिजन दर्शकहरुले यस्ता शो हरुलाई धेरै रुचाएको पनि पाईएको छ ।
सोमबार ओ मेगा ईन्टरटेन्मेन्टले राजधानीमा एक कार्यक्रमको आयोजना गरि यस्तै एउटा रियालिटि शो गर्ने घोषणा गरेको छ । नेपाल्स मेघा सिनेस्टर नामक उक्त रियालिटि शो एपी वान टेलिभिजनबाट प्रशारण हुने पनि जानकारी गराईएको छ । देशको कुना काप्चामा लुकेर बसेका प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी गरिन लागेको यस शो मा अभिनय को प्रतिस्पर्धा गराईने आयोजक ओ मेगा ईन्टरटेन्मेन्टले जानकारी गराएको छ । पहिलो चरणमा देशका पाँच मुख्य शहरहरु  काठमान्डौं, पोखरा, ईटहरी, बुटवल र नेपालगञ्जबाट प्रतिभाहरुलाई प्रतिस्पर्धाको माध्यमबाट छनोट गरि फाईनल प्रतिस्पर्धा काठमान्डौमा गराईने छ ।
उक्त प्रतिस्पर्धाबाट प्रथम हुनेले एउटा चलचित्रमा मुख्य भुमिकामा अभिनय गर्न पाउने अवसर सहित करिब एक करोड बराबरको पुरस्कार पनि जित्न सक्ने बताईएको छ ।

यस प्रतियोगीताको जुरीहरुमा सोभित बस्नेत,निश्चल बस्नेत र माल्भिका सुब्बा रहेका छन् ।
कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी,नेपाल चलचित्र प्रविधिक संघका अध्यक्ष पुस्कर लामा,नेपाल चलचित्र संघका पदाधीकारी गोपालकाजी कायस्थ,चलचित्रकर्मीहरु सरोज खनाल र यादब खरेलको उपस्थिती रहेको थियो ।


Powered by Blogger.