(तिमी सँग) साम्राज्ञीको लागी चुनौती ! यस्तो छ पुर्व अनुमान ।

चैत्र २३ गतेलाई प्रर्दशन मिती तोकेर हाल धमाधम प्रचार प्रचरमा जुटेको चलचित्र (तिमी सँग) अभिनेत्री साम्राज्ञी शाहको लागी निकै चुनौती पुर्ण रहेको अनुमान गरीएको छ ।
पहिलो चलचित्र (ड्रिम्स) र दोश्रो (ए मेरो हजुर २) बाट नेपाली रजतपटमा उदायकी शाहको यो तेश्रो चलचित्र हो । बिगतका दुबै चलचित्रबाट ब्यावसायीक सफलता पाएकी शाहलाई यो चलचित्रबाट त्यो साख जोगाउन निकै हम्मे हम्मे पर्ने देखीएको छ ।
निर्माण पक्षले आवस्यकता अनुसार प्रचार प्रसार गर्न नसक्नु र साम्राज्ञीकै केही बिवादीत अभिवेक्तीको कारणले गर्दा साम्राज्ञी प्रति दर्शकको हेराईमा केही परिवर्तन भएको पाईएको छ । त्यसो त ड्रिम्सलाई भुवन केसीको त्रिक्डम् र उनको पुत्र अनमोलको क्रेजले ब्यावसायीक सफलता दिलाएको थियो भने ए मेरो हजुर २ लाई उग्र प्रचार प्रसार र अभिनेत्री झरना थापाको डेब्यु निर्देशनको कारणले पनि सफलता दिलाएको थियो भन्दा त्यती फरक नर्पला ।  माथी उल्लेखीत दुबै चलचित्रमा साम्राज्ञीको कामको पनि निकै तारीफ गरिएको थियो तर यि दुबै चलचित्रले सफलता प्राप्त गर्नको लागी साम्राज्ञीको भन्दा धेरै हात निर्माण पक्षको नै रहेको थियो भने शाहले केही ईट्टा थप्ने काम मात्रै गरेकी थिईन् ।
(तिमी सँग) को प्रर्दशन मितीलाई हेर्ने हो भने यो चलचित्र करिब करिब सिंगल प्रर्दशन जस्तै लाग्छ । किन कि यो सँग प्रतिस्पर्धा गर्न योग्य कुनै पनि नेपाली चलचित्र यो मितीमा छैन । आजको मिती सम्म चैत्र २३ लाई अर्को चलचित्र हिरोजले पनि प्रर्दशन मिती तोकेको छ । तर हिरोज कतिबेला आउँछ र कतिबेला जान्छ, कसैलाई पनि पत्तो नहुने देखीएको छ । पुरानो चलचित्र त्यस माथी प्रचार प्रसार पनि गर्न नसक्नु हिरोजको कमजोर पक्ष हो भने नयाँ चलचित्र, अहिले चलेका कलाकार गित र प्रोमोको पाएको लोकप्रियता (तिमी सँग) को बलियो पक्ष हो । यो अवस्थामा यो चलचित्रले साम्राज्ञीको साख जोगाउँछ अथवा अझ तल खसाउँछ ? त्यो सबै कुरा चैत्र २३ पछि मात्रै थाहा हुने छ ।

Powered by Blogger.