नाई नभन्नुल ५ बाट दिलिप रायमाझीको कमब्याक !

एक समय नेपाली सिने क्षेत्रका लोकप्रिय अभिनेता दिलिप रायमाझीले चलचित्र नाई नभन्नु ल को पाँचौं संस्करणबाट कमब्याक गर्ने भएका छन् । चलचित्र क्षेत्रमा राजेश हमाल,बिराज भट्ट जस्ता अभिनेताको जगजगी भएको समयमा दिलिपले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए ।
चलचित्रको गितमा कोरस नृत्य गर्दा गर्दै उनले चलचित्र भानु भक्त बाट अभिनेताको रुपमा सिने क्षेत्रमा प्रवेश गरेका थिए । तर दिलिपलाई अभिनेताको रुपमा सिनेक्षेत्रमा अब्बल बनाउने चलचित्र भने तुलसी घिमिरे निर्देशीत दर्पण छाँयाँ बन्यो ।
करिब एक दशक नेपाली सिने क्षेत्रमा एक छत्र राज गरेका दिलिप आर्यन सिक्देल,जिवन लुईटेलहरुको ईन्ट्र पछि भने फुर्सदीला भए । पछिल्लो समय अमेरीकामा स परिवार श्रम गरेर बसीरहेका दिलिप अब भने नाई नभन्नु ल को पाँचौं संस्करणबाट फेरी नेपाली रजतपटमा आउने भएका छन् ।
विकासराज आचार्यको निर्माण तथा निर्देशनमा बन्ने यो चलचित्रमा दिलिपका अलावा  स्वस्तीमा खड्का,बुद्धि तामाङ्ग लगायत कलाकारले पनि अभिनय गर्ने छन् ।

Powered by Blogger.