चलचित्र मिस्टर भर्जीनको गित रिलिज (भिडियो सहित)

चलचित्र मिस्टर भर्जीनको टुल्की बोल रहेको गित रिलिज भएको छ । निर्माण पक्षले आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो गितको भिडियो रिलिज गरेको हो ।
टुल्की बोल रहेको यस गितमा सुरज पण्डीतको शब्द,सँगित तथा स्वर रहेको छ ।
रिलिज गरिएको गितको भिडियोमा अभिनेता गौरब पहाडी,विजय बराल,कमलमणी नेपाल लगायत कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।
वल्र्ड वाईड फिल्म डिष्ट्रीब्युसनको ब्यानरमा प्रजापती सिवाकोटी,खिलेन्द्र तिमल्सीना,बिसारद बस्नेत र मुकेश रेग्मीले निर्माण गरेको मिस्टर भर्जीनलाई बिसारद बस्नेतले निर्देशन गरेका छन् ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन,महेश दवाडीको लेखन,दिपकमान शिंह,बिक्रम स्वारको कोरीयोग्राफी रहेको छ, भने गौरब,कमलमणी र विजयका अलावा मरिष्का पोख्रेल,श्रृजना सुब्बा,रविन्द्र झा,भोलाराज सापकोटा, सागर ढकाल लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.