बन्ने भयो द प्रिन्स !

चलचित्र द प्रिन्स निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले एक कार्यक्रमको आयोजना गरि यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । एन.पि फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन मदन घिमिरेले गर्दै छन्, भने निर्माता विष्णु सिवाकोटी हुन् ।
खेलकुद क्षेत्रमा राम्रै छवि बनाएका खेलाडी शिबु थापाले यो चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् ।
सम्राट थापाको कथा तथा सँगित रहेको यो चलचित्रमा सम्राट बस्नेतको एक्सन,रामशरण उप्रेतीको छायांकन, कविराज गहतराजको कोरीयोग्राफी,विपिन मल्लको सम्पादन  रहने छ भने शिबु थापा,कशिस दाहाल,निशा केसी,सरोज खनाल,मनिशा पाण्डे, महेन्द्र मैनाली लगायतको अभिनय रहने छ ।



Powered by Blogger.