पोखराबाट शुभमुर्हत सँगै ‘सुश्री सम्पत्ति’को छायांकन सुरु !

पोखराबाट शुभमुर्हत सँगै चलचित्र सुश्री सम्पतीको छायांकन सुरु भएको छ । सुब्रत आर्चायको निर्देशन रहने यो चलचित्रको मंगलबार बिहान पोखराको बिन्दवासीनी मन्दिरमा मुर्हत गरेर छायांकन सुरु गरिएको हो ।
सलोन बस्नेत ,सारा सिर्पाली , विनोद न्यौपाने,प्रमोद अग्रहरि ,राजारामपौडेल , जयानन्द लामा लगायत कलाकारहरुले अभिनय गर्दैछन्, भने अभिनेत्री प्रियंका कार्की अतिथि भुमिकामा देखीने भएकी छिन् ।
निर्देशक आचार्यका अनुसार यो चलचित्रको सम्पुर्ण छायांकन पोखरामै गरिने छ, भने एउटा गितको छायांकन काठमान्डौंमा गरिने छ ।
चलचित्रमा सुरेश अधिकारीको संगीत , अर्जुन तिवारीको छायांकन,कविराज गहतराजको कोरियोग्राफि रहने छ ।
सुश्री सम्पतीलाई राहुल इन्टरटेन्मेन्टको व्यानरमा रमेश त्वयना, बिज्ञान राई ,नुनम सुब्बा र रोमन शीलाकरले निर्माण गदैछन् ।

Powered by Blogger.