यस्तो छ श्रीदेवीको फिल्मी यात्रा, अझै तिन फिल्म रिलिज हुन सकेका छैनन् !

बलिउड अभिनेत्री श्रीदेवीको गए राती हृदयघातको कारणले निधन भएको छ । ५४ वर्षीय अभिनेत्री श्रीदेवी शनीबार पति बोनी कपुर कान्छी छोरी खुसी सँग एक बैवाहीक समारोहमा सरिक हुन दुबई पुगेकी थिईन् । उनकी जेठी छोरी जानवी कपुर भने फिल्म धड्क को छायांकनको कारणले दुबई जान पाएकी थिईनन् । श्रीदेवीको निधनको खबरले अहिले पुरै बलिउड शोकमा डुबेको छ ।
१९८३ को फिल्म हिम्मतवालाबाट एका एक बलिउडमा स्टार बनेकी श्रीदेबीको प्रर्दशन भएको अन्तिम फिल्म माँम हो । आफ्नो जिवनकालमा करिब ३०० भन्दा धेरै फिल्ममा अभिनय गरेकी श्रीदेवीका तिन ओटा फिल्म भने अझै प्रर्दशन हुन सकेका छैनन् ।

बिनोद खन्ना र ऋषी कपुर सँग श्रीदेबीले अभिनय गरेको फिल्म गर्जना सम्पुर्ण काम सकेर पनि प्रर्दशन हुन सकेको छैन् । त्यसै गरी बिनोद खन्ना,संजय दत्त,रजनीकान्त,माधुरी दिक्षीत सँगको फिल्म जमीन आधा सुटिङ्ग भएर अड्कीएको छ भने अमिताभ बच्चन,कमल हसन,जया प्रदा सँगको फिल्म खबरदार पनि प्रर्दशन हुन सकेको छैन् ।
भारतीय संचार माध्यमका अनुसार श्रीदेवी अभिनेत्री मात्रै नभएर गायीका पनि थिईन्, । उनले हिन्दी र तेलुगु भाषामा केही गित पनि गाएकी छिन् ।
आम चलचित्र प्रेमी दर्शकहरुलाई श्रीदेवीको पहिलो फिल्म जुली भन्ने लागे पनि उनको पहिलो फिल्म रानी मेरा नाम भएको भारतीय संचार माध्यहरुले दाबी गरेका छन् । रानी मेरा नाममा श्रीदेवी ले बालकलाकार भएर काम गरेकी थिईन् ।

Powered by Blogger.