अभिनेता प्रशान्त ताम्राकारले गरे ब्यापारीक शो रुमको उद्घाटन !

शनिबार राजधानीको नयाँबजार खुसीबुमा अभिनेता प्रशान्त ताम्राकारले एक ब्यापारीक शो रुम को उद्घाटन गरे । उनले बेलायतमा निकै लोकप्रिय रहेको सामुयल डाईरेक्ट ब्रान्डका सामानहरु पाउने शो रुमको उद्घाटन गरेका हुन् । उक्त शो रुमबाट मेमोरी फोर्मयुक्त सामाग्रीहरु सुलभ दरमा पाउने बताईएको छ ।
बेलायतबाट आयातीत गरिएका पिलो,बेड कभर,म्याट्रेस लगायत घरायसी सामाग्रीहरु पाउने यो शो रुमलाई सुनील प्रधान र सज्जा थापाले संयुक्त लगानीमा खोलेका हुन् ।
उक्त उद्घाटन कार्यक्रममा ताम्राकारका अलावा,अभिनेत्री तथा निर्मात्री सुस्मीता बम्जन, अभिनेत्री हर्सिका श्रेष्ठ,क्षितिजा शाक्य,कमली वाईबा लगायत उपस्थित भएका थिए ।


Powered by Blogger.