पञ्चेबाजा हेर्न अनिवार्य अभिभावक लैजानु पर्ने !

आगामी सुक्रबार अर्थात फागुन ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पञ्चेबाजाले नेपाल सरकार केन्द्रीय चलचित्र जाँचपास समितिबाट पिजि अर्थात १६ वर्ष भन्दा कम उमेरका दर्शकले अनिवार्य रुपमा अभिभावक साथमा लगेर मात्रै हेर्न पाउने प्रमाण पत्र प्राप्त गरेको छ ।
पञ्चेबाजा नेपालको मौलीक बाजा मध्यको एक हो । घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा नाम जस्तै नेपालका धेरै मौलिक कुराहरु समावेश गरिएको बताईएको छ । राजेश शाही निर्माता रहेको पञ्चेबाजामा सारा गुरुङ्ग सह निर्माताको रुपमा रहेकी छिन् ।
चलचित्रमा सौगात मल्ल,कर्मा,श्रृजना सुब्बा, जस्मिन श्रेष्ठ,सविन बास्तोला,देशभक्त खनाल,प्रमिला तुलाचन,राजेश शाही लगायत कलाकारले अभिनय गरेका छन्, भने हरिघले लामाको छायांकन,प्रदिप भरद्धाजको लेखन,दिर्घ खड्काको सम्पादन रहेको छ ।
पञ्चेबाजालाई न्यु भेनस फिलिम्सको ब्यानरमा निर्माण गरिएको छ ।


Powered by Blogger.