पञ्चेबाजाले गर्यो पत्रकार भेटघाट, सौगात मल्ल माथी पत्रकारको प्रहार !

फागुन ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पञ्चेबाजाले आज राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । अभिनेता सौगात मल्लको समयलाई मध्यनजर गरेर गरीएको यस कार्यक्रममा पत्रकारहरुले सौगात मल्ल माथी नै प्रश्नहरुको प्रहार गरेका थिए । यसै क्रममा मल्लले आफुले काम गरेका सबै फिल्महरु स्कृप्ट राम्रो लागेर नै गरेको बताए । उनले अगाडी भने, स्कृप्ट मन परेर काम गरिन्छ तर पछि फिल्म अर्कै बनिदिन्छ, नुन खाएपछि नुनको सोझो गर्दै आफुले काम गरेका त्यस्ता धेरै फिल्महरुलाई राम्रो भन्नु पर्ने बाध्यता रहेको पनि बताए ।
प्रर्दशन मिति नजिकीदै गर्दा पञ्चेबाजा टिम अहिले जोडतोडका साथ प्रचार प्रसारमा जुटेको छ ।
सौगात मल्ल,कर्मा,बुद्धि तामाङ्ग,श्रृजना सुब्बा, जस्मिन श्रेष्ठ लगायत कलाकारले अभिनय गरेको यस चलचित्रमा प्रदिप भारद्धाजको लेखन,हरीघले लामाको छायांकन र घनश्याम लामिछानेको निर्देशन रहेको छ भने राजेश शाहीले निर्माण गरेका हुन् ।

Powered by Blogger.