देश दौडाहमा निस्कियो चलचित्र पञ्चेबाजाको टिम !

प्रर्दशन मिति नजीकीदै जाँदा चलचित्र पञ्चेबाजाले प्रचार प्रसारलाई तिब्रता दिएको छ । यसै क्रममा अहिले पञ्चेबाजाको टिम उपत्यका बाहीर प्रचार प्रसारको लागी निस्कीएको छ । निर्माण टिमले मंगलबाट पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर बुटवलको लागी निस्कीएको छ । निर्माता,निर्देशक र कलाकार सहितको यो टिम पोखरा हुँदै बुटवल,चितवन,हेटौडा हुँदै पुर्वी नेपालका बिभिन्न शहरहरुमा पुग्ने छ । उक्त सबै स्थानमा यो टिमले आफ्नो चलचित्रको बिषयमा जानकारी गराएर एक पटक चलचित्र हेर्न सबैलाई आग्रह पनि गर्ने छ । 
सौगात मल्ल,श्रृजना सुब्बा,जस्मिन श्रेष्ठ,कर्मा,बुद्धि तामाङ्ग,युबराज भण्डारी,प्रकास घिमिरे,राजेश शाही लगायत कलाकारले अभिनय गरेको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।
इो चलचित्रमा प्रदिप भारद्धाजको लेखन,हरिघले लामाको छायांकन,बिकास चौधरी र कालीप्रसाद बाँसकोटाको सँगित रहेको छ ।


Powered by Blogger.