आयो नेप्टे को दिल रानी हेर्नुस (भिडियो सहित)

चैत्र ३० गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र नेप्टेको दोश्रो गित रिलिज भएको छ । डान्सिङ्ग फ्लेवरमा तयार भएको दिल रानी बोल रहेको यस गितमा यमनाथको शब्द,सन्तोष राजको संगित र उदितनारायण झा र सेलिना कुवंरको स्वर रहेको छ । डिस्कोको माहोलमा तयार गरिएको यस गितको भिडियोमा रोहित रुम्बा र छुल्ठीम गुरुङ्गले जोडदार नृत्य गरेका छन् ।
देवकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र नेप्टेलाई आर.रोसफी फिलिम्सको ब्यानरमा रोहित रुम्बाले निर्माण गरेका हुन् ।
दयाहाङ्ग राई,रोहित रुम्बा,छुल्ठीम गुरुङ्ग,बुद्धि तामाङ्ग,अर्जुन गुरुङ्ग,पुर्णीमा लामा,अरुण कार्की लगायत कलाकारले अभिनय गरेको यस चलचित्रमा हरिघले लामाको छायांकन,कविराज गहतराजको कोरीयोग्राफी,तारा थापाको सम्पादन रहेको छ ।


Powered by Blogger.