मिस्टर भर्जीनको पहिलो गित रिलिज (अडियोमा)

वल्र्ड वाईड फिल्म डिस्ट्रिब्युसन कम्पनीको ब्यानरमा खिलेन्द्र तिमल्सीना,प्रजापती सिवाकोटी,मुकेश रेग्मी र बिशारद बस्नेतले संयुक्त रुपमा निर्माण गरेको चलचित्र मिस्टर भर्जीनको पहिलो गितको अडियो रिलिज भएको छ ।
टुल्की बोल रहेको यस गितमा शब्द,स्वर तथा सँगीत सुरज पण्डीतको रहेको छ । यौन मनोविज्ञानमा आधारीत यस चलचित्रलाई बिशारद बस्नेतले निर्देशन गरेका छन्, भने गौरब पहाडी,मरिस्का पोख्रेल,कमलमणी नेपाल,बिजय बराल,रबिन्द्र झा,श्रृजना सुब्बा,भोलाराज सापकोटा लगायत कलाकारले अभिनय गरेका छन् ।
मिस्टर भर्जीनमा रामेश्वर कार्कीको छायांकन,बिक्रम स्वाँर,दीपक याम शिहंको कोरीयोग्राफी,महेश दवाडीको लेखन,सुरज पण्डित,श्रीकृष्ण बम मल्ल,बुलेट फ्लो,आधा सुर,आर.जे,मिस्टर प्रिन्सको सँगित र मिलन डि.काफ्रीको सम्पादन रहेको छ । निर्माण पक्षका अनुसार चाँडै नै यो चलचित्रको प्रर्दशन मिति तय गरिने छ ।


Powered by Blogger.