उल्झनको रेड कार्पेट प्रिमियर बेलायतमा हुँदै !

चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर बेलायतमा हुने भएको छ । रजनी केसी,ध्रुब दत्त,दिनेश शर्मा,बेनी ढुंगाना, रामचन्द्र पौडेल लगायत कलाकारको अभिनय रहेको यस चलचित्रको पहिलो प्रिमियर मार्च १८ तारीखमा बेलायतको अलडरसटमा अवस्थित एम्पायर हलमा हुने छ, भने मार्च २५ मा ह्यारो फुटवल क्लबमा पनि हुने छ ।
उल्झनलाई राजु अधिकारीले निर्देशन गरेका छन् भने आसुतोश फिलिम्सको ब्यानरमा नारायण ढुंगाना कार्यकारी निर्माता,हरि कृष्ण कार्की, नविन अधिकारी निर्माता र तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेका छन् ।

Powered by Blogger.