डन्ट ब्रिथ को नेपाली भर्सन शेरबहादुर आजबाट सिनेमा हलमा !

एक समय थियो नेपाली चलचित्र निर्माता निर्देशकले भारतीय फिल्मको हुबहु कपि गरेर नेपाली फिल्म बनाउँथे । जती जती नेपाली फिल्म क्षेत्रले उमेर खाँदै गयो त्यती त्यती अर्काको चोर्ने अर्थात कपि गर्ने क्रममा पनि परिर्वतन हुँदै गयो । भारतीय फिल्मबाट कथा पटकथा हुबहु चोर्ने नेपाली फिल्म एक समय कोरीयन फिल्मको कपि गर्न पनि पछि परेन । यसरी कोरीयन फिल्मको कपि गरेर निर्माण गरीएका नेपाली फिल्महरु पनि अहिले बजारमा धेरै भेट्न सकिन्छ ।
तर अहिले नेपाली फिल्मका निर्माता निर्देशक र लेखकहरुले चोर्ने काममा धेरै प्रगती गरिसकेका छन् । एक समय बलिउडले पनि हलिउडका फिल्मबाट कपि गरेरै फिल्म निर्माण गर्ने गर्दथ्यो । तर अहिले बलिउडले पनि हलिउडको कपि गर्न छाडेको छ । उनिहरु अहिले आफ्नै ईन्डष्ट्रिका पुराना फिल्महरुलाई रिमेक गरेर फिल्म निर्माण गर्ने काममा अग्रसर भएको पाईन्छ । तर नेपाली फिल्मका निर्माता निर्देशक तथा लेखकहरु भने अहिले पनि अर्काको चोर्ने काममै सक्रिय भएको पाईन्छ । पछिल्लो समय हुबहु चोरेर निर्माण गरिएको चलचित्र हो शेरबहादुर ।
आजबाट प्रर्दशन भएको यो चलचित्र शेरबहादुर पनि चोरीको आरोपबाट मुक्त हुन सकेको छैन् । केही समय पहिले यसै चलचित्रका अभिनेता सुनील थापाले शेरबहादुर हलिउडको एक फिल्मबाट प्रभावीत भएको बताए पनि यस चलचित्रको प्रिमियर पछि भने प्रभावीत मात्र नभएर हुबहु चोरी गरेको बताईएको छ ।
२०१६ मा प्रर्दशन भएको हलिउडको चलचित्र डन्ट ब्रिथ लाई नेपालीमा शेरबहादुर नाम राखेर निर्माण गरीएको आरोप अहिले यो चलचित्र खेप्न थालेको छ । नेपालमा आफ्नै मौलीक कथावस्तु हुँदा हुदै पनि नेपाली फिल्मकर्मीहरु किन यसरी अर्काको चोरी गर्न तल्लीन छन् त ? अहिलेको लागी यो गम्भीर प्रश्न बनेको छ ।
यसरी अर्काको कपि गरेर चोरेर फिल्म निर्माण गर्ने क्रियाकलापले गर्दा नेपाली चलचित्रकर्मीहरु सँग श्रृजनसिलता नभएको प्रष्टै हुन्छ ।  के सधै भरी यसरी अर्काको चोरी गरेरै चलचित्र निर्माण गरेर नेपाली चलचित्र उद्योग जिबित रहला त ?

Powered by Blogger.