पसिनाको अफिसियल गित रिलिज (भिडियो सहित)

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र पसिना युनिटले अफिसियल रुपमा पहिलो गित रिलिज गरेको छ । निर्माण पक्षका अनुसार गितमा शिब पार्वतीको कुरा भएको हुनाले आज शिबरात्रीको अवसर पारेर यो गित रिलिज गरिएको हो ।
हावा चल्यो सिरिरि बोल रहेको यस गितमा नारद रिजालको शब्द रहेको छ भने राजनराज सिवाकोटीको स्वर र संगित रहेको छ ।
बैशाख १४ गतेबाट प्रर्दशन हुन लागेको यस चलचित्रलाई ननस्टप क्रियसनको ब्यानरमा शान्ता ढकाल र संजय महतोले निर्माण गरेका हुन् ।
आरबि के शरदले निर्देशन गरेको चलचित्र पसिनामा अनु शाह,गौरव पहाडी,रवि गिरि,ध्रुब कोईराला,सरोज खनाल,जयनन्द लामा लगायत कलाकारले अभिनय गरेका छन् भने शिब बिकको नृत्य,देव महर्जनको द्धन्द्ध, राम केसीको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ ।


Powered by Blogger.