रुचाईयो प्रेस शो मा पञ्चेबाजालाई !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट चलचित्र हलहरुमा चलचित्र पञ्चेबाजाले प्रर्दशन आरम्भ गरेको छ । प्रर्दशन आरम्भ सँगै निर्माण पक्षले आज बिहान राजधानीमा पत्रकारहरुलाई यो चलचित्र देखाएको छ । प्रेस शो मा पञ्चेबाजालाई निकै रुचाईएको छ । पञ्चेबाजा हेरीसकेपछि प्रतिकृया दिंदै पत्रकारहरुले यो चलचित्र सोंचेको भन्दा धेरै राम्रो भएको बताएका छन् । उनिहरुले सामाजीक संजाल फेसबुक मार्फत पनि पञ्चेबाजा उत्कृष्ठ चलचित्र बनेको हुनाले एक पटक हेर्न सबैलाई आग्रह पनि गरेका छन् ।
घनश्याम लामिछानेद्धारा निर्देशीत यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन्, भने चलचित्रमा सौगात मल्ल,बुद्धि तामाङ्ग,कर्मा,श्रृजना सुब्बा,जस्मिन श्रेष्ठ लगायत कलाकाले अभिनय गरेका छन् ।
चलचित्र पञ्चेबाजामा प्रदिप भारद्धाजको लेखन,हरिघले लामाको छायांकन,बिकास चौधरी,कालीप्रसाद बासकोटाको सँगित रहेको छ । 

Powered by Blogger.