देश दौडाहमा मंगलम् !

चलचित्र मंगलम ले प्रचार प्रसारलाई तिब्रता दिएको छ । कलाकार सँगै देश दौडाहमा निस्कीएको यो चलचित्रको निर्माण पक्षले आज नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । आजै यो टिम बुटवल पुगेर पनि कार्यक्रम गर्ने बताईएको छ ।
फागुन २५ गतेबाट देशभर एक साथ प्रर्दशन हुन लागेको मंगलम् लाई नवल नेपालले निर्देशन गरेका हुन भने निर्मातामा छविराज ओझा रहेका छन् ।
चलचित्रमा शिल्पा पोख्रेल,पुष्प खड्का,पृथ्वीराज प्रसाई,निर शाह,मिथिला शर्मा सँगै अतिथि भुमिकामा साम्राज्ञी शाहले पनि अभिनय गरेकी छिन् ।

Powered by Blogger.