प्रचार प्रसारलाई तिब्रता दिंदै धरानमा पुग्यो मंगलम् टिम !

अबको दुई साता पछाडी अर्थात फागुन २५ गतेबाट अल नेपाल एक साथ प्रर्दशन हुन लागेको चलचित्र मंगलम् ले प्रचार प्रसारलाई तिब्रता दिएको छ । यसै क्रममा निर्माण पक्ष कलाकार सहित प्रचार प्रसारको लागी देश दौडाहमा निस्कीएको छ । आज मंगलम् टिमले धरानमा पत्रकार भेटघाट कार्यक्रम गरि स्थानीयलाई चलचित्रको विषयमा जानकारी गराएको छ ।
उत्त पत्रकार भेटघाट कार्यक्रममा निर्माता छविराज ओझा,निर्देशक नवल नेपाल,अभिनेत्री शिल्पा पोख्रेल लगायतको उपस्थिती रहेको छ  ।
यस चलचित्रमा शिल्पाका अलावा पृथ्वीराज,पुष्प खड्का,निर शाह,मिथिला शर्मा सँगै अतिथि भुमिकामा साम्राज्ञी शाह ले पनि अभिनय गरेकी छिन् ।
मंगलम्मा गोविन्द फुयाँलको कथा,विष्णु कल्पितको छायांकन,दिपक शर्माको सँगित र मित्र गुरुङ्गको सम्पान रहेको छ । 


Powered by Blogger.