पोस्टरमा यस्तो छ चलचित्र लम्फु !

बैशाख २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र लम्फुले पोस्टर सार्वजनीक गरेको छ । केही समय पहिले अडियो गित रिलिज गरेर चर्चामा रहेको यस चलचित्रले प्रर्दशन मिति नजिकीदै जाँदा प्रचार प्रसारलाई तिब्रता दिंदै पोस्टर रिलिज गरेको छ ।
एक साथ तिनवटा पोस्टर सार्वजनीक गरेको लम्फुको पोस्टरमा मुख्य कलाकारहरु सलोन बस्नेत,कबिर खड्का,मरिस्का पोख्रेल, चाँदनी शर्मा र तरकारीवालीको नामले परिचित कुसुम श्रेष्ठ पनि अटाएकी छिन् ।
निर्देशक गोपालचन्द्र लामिछानेद्धारा निर्देशीत यस चलचित्रको सम्पुर्ण पोस्टरहरु टौवा क्रियसनले बनाएको छ ।
पपुलर मल्टिमीडीयाको ब्यानरमा शक्तिबल्लब घोरासैनी निर्माता रहेको लम्फुमा भुपतीको लेखन, हरि सिलवालको सम्पादन,अर्जुन पोख्रेलको संगित र दिपक बज्राचार्यको छायांकन रहेको छ ।

Powered by Blogger.