हेर्नुस यस्तो छ क्रृ को दोश्रो गित (भिडियो सहित)

पछिल्लो समयको प्रतिक्षारत चलचित्र क्रृ को अर्को गित रिलिज भएको छ । जानी नजानी बोल रहेको यस गितलाई स्कटल्यान्डका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ, भने भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री अदिति बुढाथोकीलाई प्रस्तुत गरीएको छ । विषेश पाण्डे र रोवित भण्डारीको संयुक्त शब्द र संगित रहेको यो गितमा रोवित भण्डारीले स्वर दिएका छन् ।
माघ २६ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रलाई काजोल फिलिम्स र सुवास ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सुवास गिरि र भुवन केसीले निर्माण गरेका हुन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको क्रृ मा अनमोल केसी, अदिति बुढाथोकी, अनुप बिक्रम शाही लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.