बिक्ला त स्वेताको आँसु ?

पछिल्लो समय केही चर्चामा रहेको चलचित्र हो कान्छी । यो चलचित्र भन्दा पनि यसकी निर्मात्री तथा अभिनेत्री स्वेता खड्का झनै चर्चामा छिन । दिबंगत अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठको पत्नी भएकै कारणले गर्दा नै खड्काले चर्चा पाएकी हुन्, भन्दा खास्सै फरक नपर्ला । त्यसो त पछिल्लो समय खड्का आफै पनि सामाजीक कार्यहरुमा सक्रिय भएपछि उनको चर्चा अझ बढेको पाईन्छ ।
प्रर्दशन मिति नजिकीदै गर्दा कान्छीले पनि अहिले प्रचार प्रसारलाई तिब्रता दिएको छ । तर जति नै प्रचार प्रसार गरेपनि कान्छीले खास्सै राम्रो ब्यापार गर्ने लक्षण नदेखीएको चर्चा अहिले सिनेबजारमा चल्न थालेको छ । त्यसो त कान्छी माथी अहिले युटुबमा लाखौं खर्च गरेर हेरीएको संख्या बढाएको आरोप पनि लगेको छ । एक पछि अर्को असफल चलचित्र दिईरहेका अभिनेता दयाहाङ्ग राईको खस्कदो क्रेजले गर्दा पनि कान्छी ब्यावसायीक रुपमा असफल हुने मुल्यांकन चलचित्र क्षेत्रमा गर्न थालीएको छ । त्यसो त यस चलचित्रका निर्देशक आकास अधिकारी पनि ब्यावसायीक रुपमा सफल निर्देशकको रुपमा चिनिदैनन् । उनिद्धारा निर्देशीत कोहीनुर बाहेक प्रायः सबै फिल्मले घाटाको ब्यापार गरेको बताईन्छ ।
त्यसो त यस चलचित्रकी निर्मात्री तथा अभिनेत्री स्वेता खड्काले प्रचार प्रसारको लागी कुनै कसर बाँकी राखेकी छैनन् । हरेक कार्यक्रममा श्रीकृष्णको नाम लिएर रुँदै हिंड्नु अहिले खड्काको दैनीकी जस्तै बनेको देखीन्छ । हुन त श्री को नाम लिएर रुन पाउने अधिकार उनलाई प्रसस्तै छ । तर उनको यो क्रियाकलापले गर्दा कतै स्वेताले आँसुको ब्यापार गर्न खोजेकी त होईनन् ? अहिले कतिपय चलचित्र कर्मीहरुले यस्तै पनि मुल्यांकन गर्न थालेका छन् ।
फागुन ४ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रले दर्शकबाट कस्तो प्रतिकृया पाउँछ ? त्यो भने प्रर्दशन पश्चात नै थाहा हुने छ ।


Powered by Blogger.