एकसाथ चार क्यामराले यसरी खिचिदैछ जय शम्भु !

केही दिन अघिमात्रै निर्माण घोषणा गरिएको चलचित्र जय शम्भुको अहिले धमाधम छायांकन भैरहेको छ । करिब दश लाख खर्च गरेर तयार गरिएको सेटमा अहिले कलाकारहरु प्रशान्त ताम्राकार,अनुप बिक्रम शाही र वर्षा सिवाकोटीको ईन्टरडक्सन सिनहरुको छायांकन भैरहेको निर्माण पक्षले जानकारी गराएको छ ।
यस चलचित्रका द्धन्द निर्देशक श्री श्रेष्ठका अनुसार नेपाली चलचित्रहरुमा अहिले सम्म देखाउन नसकेको एक्सनका दृश्यहरु उनले यो चलचित्रमा देखाउने दाबी गरेका छन् । उनले बताए अनुसार यो चलचित्रको क्लाईमेक्स दृश्यका लागी मात्रै ३० लाख भन्दै रकम खर्च गर्न लागीएको छ ।


यो चलचित्रको ८० प्रतिशत छायांकन काठमान्डौमा हुने छ भने बाँकी २० प्रतिशत अन्नपुर्ण बेसक्याम्पमा छायांकन गरिने निर्देशक रुपेश तामाङ्गले बताएका छन् । चलचित्र जय शम्भुलाई दिनेश शाहीले प्रस्तुत गरेका छन् भने निर्मातामा अरविन्द्र शाक्य, कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन रहेका छन् । चलचित्रलाई हरि घले लामाले छायांकन

Powered by Blogger.