हिरोज चैत्र २३ मा आउने !

बेरोजगार युवाको कथा माथी बनेको चलचित्र हिरोज चैत्र २३ गतेबाट प्रर्दशन हुने भएको छ । द्धन्द निर्देशक एन.वि मर्हजनले निर्देशन गरेको यो चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् ।
हिरोजमा करिस्मा मानन्धर, मुकेश ढकाल,जयकीसन बस्नेत,संजोग राणा,दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापती, दिनेश डिसि लगायत कलाकारले अभिनय गरेका छन् ।
जयलक्ष्मी फिलिम्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा युवराज लामा,शेखर लामा र संजोग राणा निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा शिब ढकाल र रामशरण उप्रेतीको छायांकन,कविराज गहतराज र रामजि लामिछानेको कोरीयोग्राफी र संकर मर्हजनको द्धन्द रहेको छ ।
हिरोजलाई सुनील मानन्धरले बितरण गर्दैछन् ।

Powered by Blogger.