जेठ २५ मै उड्ने भयो चंगा !

छायांकनरत चलचित्र चंगाले प्रर्दशन मिति तोकेको छ । यो चलचित्र २०७५ सालको जेठ २५ गतेबाट प्रर्दशन हुने छ । हिंजो निर्माण पक्षले बितरक कम्पनी सँग सम्झौता गरेपछि अफिसियल रुपमा प्रर्दशन मिति तोकेको हो । चंगालाई उपत्यका बाहीर एफडी कम्पनीले बितरण गर्ने छ भने उपत्यकामा रिच ईन्टरटेन्मेन्टले गर्ने छ ।
रिच ईन्टरटेन्मेन्टका संचालक करण श्रेष्ठका अनुसार जेठ २५ मा कुनै पनि फिल्म नभएकाले उक्त मितिमा चंगा प्रर्दशन गर्न लागीएको बताएका छन् ।
चलचित्र चंगालाई किशोर भण्डारी डिठ्ठा साप ले निर्देशन गरिरहेका छन्, भने बुद्धि तामाङ्ग,कमलमणी नेपाल,अंकित खड्का,राजन खतीवडा,रेश्मा तिमल्सीना,लक्ष्मी बर्देवा,प्रेमवर्षा खड्का,लक्की भण्डारी लगायत कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रलाई कन्टिन्युयस मुभि मेर्कस्को ब्यानरमा रेश्मा तिमल्सीना र पक्रु पाण्डेले निर्माण गरिरहेका छन् ।
चंगामा राजनराज सिवाकोटी र कमल खत्रीको सँगित,रविन आर्चायको छायांकन,गम्भिर विष्टको कोरीयोग्राफी रहेको छ ।


Powered by Blogger.