प्रिमियरमा सकारात्मक प्रतिकृया पायो ब्लाईन्ड रक्सले !

आज बुधबार चलचित्र ब्लाईन्ड रक्सले विषेश प्रिमियर गरेको छ । विहान ८ बजे राजधानीको कुमारी सनेमा हलमा गरिएको उक्त प्रिमियरबाट यो चलचित्रले सकारात्मक प्रतिकृया पाएको छ । दृश्टी बिहिन श्रृष्टी केसीको जिवन माथी बनेको यो चलचित्रको प्रिमियरमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । चलचित्रमा श्रृष्टीको १४ देखी २४ वर्ष सम्मको कथालाई प्रस्तुत गरिएको छ । मिलन चाम्सद्धारा निर्देशीत र निकेश लिम्बुद्धारा निर्मित यो चलचित्रमा दृश्टी बिहिन श्रृष्टीको भुमिकामा बेनीशा हमालले अभिनय गरेकी छिन् । हमालका अलावा यो चलचित्रमा गौरी मल्ल,अर्पण थापा लगायत कलाकारले अभिनय गरेका छन् ।
ब्लाईन्ड रक्स आगामी सुक्रबारबाट देशब्यापी प्रर्दशन हुँदै छ ।

Powered by Blogger.