ब्ल्याकको फस्र्टलुक एक साथ चार पोस्टर रिलिज !

जेठ ११ गतेलाई प्रर्दशन मिति तोक्दै चलचित्र ब्ल्याक को फस्र्ट लुक एक साथ चार पोस्टर रिलिज गरिएको छ । आस्मा फिलिम्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आँचल शर्मा र आकास श्रेष्ठले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
ब्ल्याकले रिलिज गरेको चार ओटा पोस्टर हेर्दा यो चलचित्र प्रेम कथामा आधारीत रहेको बुझिन्छ ।
प्रदिप श्रेष्ठ द्धारा निर्देशीत यो चलचित्रलाई आस्मा पाण्डेले निर्माण गरेकी हुन् । निर्देशक श्रेष्ठका अनुसार यो चलचित्रले आज सम्म फिल्म हेर्न हलमा नपुगेका दर्शकलाई पनि हल सम्म तान्ने छ । दर्शकको मनोभावना अनुसार चलचित्र ब्ल्याक निर्माण भएको पनि श्रेष्ठले दाबी गरेका छन् ।
चलचित्रमा मौनता श्रेष्ठको लेखन,महेश खड्का र प्रतिक पौडेलको सँगित,चन्द्र पन्तको एक्सन, रामजि लामिछानेको कोरीयोग्राफी र अर्जुन जिसिको सम्पादन रहेको छ ।
ब्ल्याकलाई मनोज राठी,उज्जल पौडेलले राजधानी बाहिर प्रर्दशन गर्ने छन्, भने राजधानीमा गोविन्द शाहीले प्रर्दशन गर्ने छन् ।


Powered by Blogger.