लिलिबिलिको शिर्ष गित रिलिज, प्रर्थमले जित्ने छ नगद एक लाख !

प्रेम दिवसको अवसर पारेर चलचित्र लिलिबिलि ले शिर्ष गित रिलिज गरेको छ । चैत्र ३० गतेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन्, भने मिलन चाम्स,गोविन्द शाही र सुदिप खड्का यसका निर्माता हुन् ।
लिलिबिलि लिलिबिलि बोल रहेको यसमा गितमा एकतरेको शब्द र एस डि योगीको स्वर तथा संगित रहेको छ ।
सार्वजनीक गरिएको भिडियोमा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ्गलाई प्रस्तुत गरीएको छ ।
स्कटल्यान्डका बिभिन्न रमणीय दृश्यहरुमा छायांकन गरिएको गितको भिडियोमा कविराज गहतराजको कोरीयोग्राफी,सुदिप बरालको छायांकन र अर्जुन जिसिको सम्पादन रहेको छ ।

गित रिलिज संगै निर्माण पक्षले भिडियो कम्पिटीसनको पनि घोषणा गरेको छ । निर्माण पक्षका अनुसार यस गितको भिडियो बनाएर जुनसुकै च्यानलमा अपलोड गरेपनि हुनेछ । यसरी अपलोड गरिएका भिडियोहरु मध्ये जसको भिडियोलाई सबै भन्दा धेरै पटक हेरीन्छ, उसले नगद रु.एक लाख पुरस्कार प्राप्त गर्ने छ । प्रतिस्पर्धी सबैले आ आफ्नो भिडियोको लिकं लिलिबिलिको अफिसियल पेज मार्फत निर्माण पक्षलाई उपलब्ध गराउनु पर्ने छ ।

Powered by Blogger.