(सँगै जिउने सँगै मर्ने) लम्फु को पहिलो भिडियो गित रिलिज !

बैशाख २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र लम्फुको पहिलो भिडियो गित रिलिज भएको छ । यो चलचित्रले केही दिन पहिले ४ आटै गितको अडियो भर्सन रिलिज गरेको थियो । अडियोमा निकै रुचाईएको यो गितको भिडियोलाई पनि दर्शकले अत्यन्त रुचाउने कुरामा निर्माण पक्ष ढुक्क रहेको पाईएको छ ।
सँगै जिउने सँगै मर्ने बोल रहेको यस गितको भिडियोमा कबिर खड्का,मरिस्का पोख्रेल र कुसुम श्रेष्ठ तरकारीवाली लाई प्रस्तुत गरिएको छ, भने कोरीयोग्राफी रामजि लामिछानेले गरेका छन् ।
रिलिज गरिएको गितमा अर्जुन पोख्रेलको सँगित, शुरेस लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको चलचित्र लम्फुमा कबिर,मरिस्का र कुसुमका अलावा सलोन बस्नेत,ओम गुरुङ्ग,आयन खड्का,अजित लामिछाने,कुशल गुरुङ्ग,रश्मी भट्ट,सन्तोष कार्की,जानुका पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.